शनिबार, वैशाख ८, २०८१
22:52 | ०३:३७

जर्मनीमा फेरी बढ्यो कोरोना संक्रमण  

एकदिन एक लाख ६० हजार बढी संक्रमित

रासस-सिन्ह्वा मार्च १०, २०२२

बर्लिन । कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको संख्जया र्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना संक्रमित भएका छन् ।

अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी संक्रमित भएकाले संक्रमणको दर तीब्र रूपले फैलिएको देखिएको छ । त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो ।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू