शुक्रबार, वैशाख १४, २०८१
07:43 | १२:२८

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न रुस इच्छुक

रासस/सिन्ह्वा मार्च ९, २०२२

मस्को, २५ फागुन– रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोरयाएको छ ।

रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ ।

रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।

“हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” प्रवक्ताले भने ।

अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाई छ ।

प्रवक्ता पेस्कोभले रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिए । त्यहाँ हुने कार्यक्रममा उनले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने पनि अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू