शुक्रबार, वैशाख १४, २०८१
06:58 | ११:४३

अफगानिस्तान आतंकवादबाट प्रभावित मुलुकको शीर्ष स्थानमा   

रासस-एएनआई मार्च ८, २०२२

तालिबान लडाकुहरु । तस्बिर एपी

काबुल । अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतंकवाद सूचकाङ्कलाई उद्धृत गर्दै उक्त कुरा जनाएका छन् ।

देशले २०२१ मा आतंकवादबाट १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो । (आईईपी) प्रतिवेदनअनुसार जसले अफगानिस्तानमा आतंकवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

यी पीडितहरू मध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएसले काबुल अन्तरराष्ट्रिय विमानस्थल नजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा १७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए । अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतंकवादी हमला गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए ।

यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू