बिहीबार, वैशाख ६, २०८१
19:06 | २३:५१

अमेरिकी राष्ट्रपतिले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने 

रासस-एएफपी मार्च ७, २०२२

वासिङ्टन, २३ फागुन- अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन् ।

उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने तय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्ने कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।

उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू