शनिबार, वैशाख ८, २०८१
21:27 | ०२:१२

युक्रेनलाई सहयोग गर्न राष्ट्रसंघ महासचिवको अपिल  

रासस-सिन्ह्वा मार्च २, २०२२

संयुक्त राष्ट्रसंघ १८ फागुन– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।

उनले भनेका छन्– ‘युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।’

उनले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।

उनले मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६ लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू