शनिबार, वैशाख १५, २०८१
21:02 | ०१:४७

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

रासस/सिन्ह्वा फ्रेब्रवरी २८, २०२२

युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियोन । तस्बिर एपी

ब्रसेल्स १६ फागुन– युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ ।

युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएकी हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिएकी छन् ।

उनले भनेकी छिन्– ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।’

रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएकी हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू