शुक्रबार, वैशाख १४, २०८१
16:47 | २१:३२

युक्रेनलाई सक्दो सहयोग गर्ने प्रधानमन्त्री जोनसनको प्रतिबद्धता

आगामी २४ घण्टा महत्त्वपूर्ण हुने

रासस-एएनआई/सिन्ह्वा फ्रेब्रवरी २८, २०२२

कीभ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । जोन्सनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसंग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री जोन्सनलाई बताएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो ।
यद्यपि युक्रेनी सेनाले भने सोमबार कीभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ ।

पछिल्लो घटनाक्रम अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू