बिहीबार, वैशाख ६, २०८१
12:00 | १६:४५

युक्रेनले फेरी माग्यो युरोपेली संघको सदस्यता

रासस-एएफपी फ्रेब्रवरी २८, २०२२

किभ, १६ फागुन– रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन् ।

नयाँ भिडियो सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेका छन् ।

रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।’

अहिले सबै कुरा छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ वर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गरेका छन् ।

युरोपेली सबै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उनले जोड दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू