बिहीबार, वैशाख २०, २०८१
22:55 | ०३:४०

यूक्रेन रूसविरुद्ध अन्तरराष्ट्रिय अदालतमा    

रासस-एएनआई फ्रेब्रवरी २७, २०२२

कीभ, यूक्रेन, १५ फागुन– यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ ।

यूक्रेनले रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहरयाउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।”

यूक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ । आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठहरयाउन यूक्रेनले माग गरेको छ ।

मस्को र किभबीच चलिरहेको तनावबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग कुराकानी गर्दै रुस कूटनीतिक र आर्थिक रुपमा पृथक हुनुपर्ने बताएका थिए । यसअघि उनले जर्जियाका राष्ट्रपति सालोम जुराबिचविली र चेक गणतन्त्रका प्रधानमन्त्री पेटर फियालासँग वर्तमान अवस्थाबारे पनि कुराकानी गरेका थिए ।

जेलेन्स्कीले फोन वार्तालापमा युक्रेनलाई यूरोपेली संघमा सदस्यता प्रदान गर्ने आफ्नो व्यक्तिगत नेतृत्वको लागि पोल्याण्डका राष्ट्रपति आन्ड्रज डुडाप्रति आभार प्रकट गरेका छन् ।

ट्वीटमार्फत् दिएको एक सन्देशमा जेलेन्स्कीले पोपको प्रार्थनाप्रति पनि आभार प्रकट गरे । उनले भने, “यूक्रेनी जनताले उहाँको पवित्रताको आध्यात्मिक समर्थन महसुस गर्छन् ।”

यूक्रेनको विकट क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र पहिचानका रूपमा मान्यता दिएपछि रूसले बिहीबार बिहान सबेरै डोन्बास क्षेत्रमा विशेष सैन्य परिचालन सुरु गरेको थियो ।

पश्चिमी देशहरूले रूसी सैनिक परिचालनको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू