बिहीबार, चैत १५, २०८०
15:33 | २१:१८

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार

रासस-एएफपी फ्रेब्रवरी २५, २०२२

मस्को, १३ फागुन –रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् ।

राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो ।

‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं’, लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू