बिहीबार, वैशाख १३, २०८१
08:59 | १३:४४

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु   

रासस-एएफपी फ्रेब्रवरी २५, २०२२

तस्बिर- एएफपी

पादाङ १३ फागुन– इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन् भने अरु क्षतिको विवरण आउन बाँकी छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

“म मेरो बच्चालाई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोच्न सकेनौ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने । भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ ।

तस्बिर एपी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू