शुक्रबार, वैशाख १४, २०८१
18:31 | २३:१६

युक्रेनलाई निशस्त्रीकरण गर्न विशेष सैन्य अभियान: पुटिन

रासस–एएनआई फ्रेब्रवरी २४, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।तस्बिर- एपी

रूस (मस्को), १२ फागुन–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वीयुक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको उल्लेख गरेका छन् ।

आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको हो ।

रूसी भाषामा पठाइएको भावनात्मक अपीलमा जेलेन्स्कीले भनेका छन्, ‘तपाईलाई भनिएको छ कि युक्रेन रूसका लागि खतरा हुन सक्छ । तर यो विगतमा पनि यस्तो थिएन, अहिले पनि त्यस्तो छैन र भविष्यमा पनि हुने छैन ।’

‘तपाईं नेटोसँग सुरक्षाको ग्यारेन्टी माग्नुहुन्छ । हामी हाम्रो सुरक्षाको ग्यारेन्टी पनि माग्छौं’-बुडापेस्ट मेमोरेन्डमको एक भिडियोमा उक्त कुरा बताइएको छ ।

युक्रेनी राष्ट्रपतिले मस्कोको दावीलाई पनि खण्डन गर्दै आफ्नो देश रुसका लागि खतरा नभएको र रुसी आक्रमणले दशौं हजारको ज्यान लिने चेतावनीसमेत दिएका छन् ।

यसैबीच युक्रेनको विद्यमान अवस्थाबारे राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक चलिरहेको छ । युक्रेनबाट अलग भएका क्षेत्र डोनेस्क र लुहान्स्कका प्रमुखले रुसी राष्ट्रपतिलाई सहयोगका लागि आग्रह गरेपछि युक्रेनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठकका लागि अनुरोध गरेको छ ।

पुटिनले रुसी सशस्त्र सेनालाई युक्रेनको विखण्डित क्षेत्रमा पठाउन पनि आदेश दिएका छन् ।

यसैबीच, युक्रेनी सांसद् भेर्खोभना राडाले देशको सिमानामा बढ्दो अवस्थाको बीचमा डोनेट्स्क र लुहान्स्क क्षेत्र बाहेक सम्पूर्ण देशमा आपतकालीन अवस्था घोषणा गर्न अनुमोदन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू