शुक्रबार, वैशाख ७, २०८१
00:36 | ०५:२१

पोल्याण्डद्वारा आपतकालीन नेटो परामर्शका लागि आह्वान

रासस–एएफपी फ्रेब्रवरी २४, २०२२

वार्सा, १२ फागुन–रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नेटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शका लागि आह्वान गर्ने प्रावधान छ ।

‘पोल्याण्डले नेटोका महासचिवलाई सहयोगीहरूको समूहसँग अनुरोध पेश गरेको छ’, पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले जनाएका छन् । युक्रेन नेटोको सदस्य होइन तर गठबन्धनले बारम्बार निन्दा गरेको छ ।

रुसी आक्रमणलाई नजिकबाट नियालिरहेको चीनको धारणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम“ अपनाउन आह्वान गरेको जनाएको छ ।

‘चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षलाई संयम कायम राख्न र स्थिति नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं’, विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू