मंगलबार, वैशाख ११, २०८१
13:28 | १८:१३

ब्राजिलमा बाढी पहिरोबाट १७६ को मृत्यु, १०० वेपत्ता  

रासस-सिन्ह्वा फ्रेब्रवरी २२, २०२२

ब्रासिलिया १० फागुन–ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा १०० जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् ।

माटोमा पुरिएका मानिसहरूको खोजीमा उद्धार टोलीहरू दिनरात खटिरहेका छन् र अहिलेसम्म २४ जनाको उद्धार गरिएको छ ।

यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । सोमबार दिनको समयमा वर्षाको लागि पूर्वानुमानका साथ राष्ट्रिय मौसम विज्ञान संस्थानले रिपोर्ट प्रस्तुत गरेको थियो ।

हालको रेकर्ड गरिएको मृत्यु संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाका कारण १७१ व्यक्तिको मृत्यु भएको थियो ।

यहाँ गएको करिब सात दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ ।

मंगलबार सातौँ दिन पनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरुको भनाइअनुसार सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षाका कारण मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू