बिहीबार, वैशाख २७, २०८१
00:56 | ०५:४१

रुसले युक्रेनमा ‘फुल स्केल हमला’ गर्ने योजना बनाएको नेटो प्रमुखको दावी

रासस–एएनआई फ्रेब्रवरी २०, २०२२

नेटो महासचिव जेन्स स्टोल्टेनबर्ग

बर्लिन (जर्मनी), ८ फागुन–नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई ‘झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको’ आरोप लगाएका छन् ।

‘रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ’, स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार नेटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत 
गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको आरोपलाई पनि अस्वीकार गरेका छन् ।
यस महिनाको ८ तारिख युरोपेली संघमा चिनियाँ मिसनले नेटोको थप विस्तारको विरोध गरेको थियो ।

‘शीतयुद्ध समाप्त भएको तीस वर्षपछि नेटोले आफ्नो भौगोलिक र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा संलग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताका लागि अनुकूल छैन’- चीनको टिप्पणी थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू