बिहीबार, वैशाख १३, २०८१
21:30 | ०२:१५

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

रासस–एएनआई फ्रेब्रवरी २०, २०२२

तालिवान नेताहरु अन्तरवार्ता दिने क्रममा । तस्बिर- एपी

ओस्लो (नर्वे), ८ फागुन–नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतंकवादका लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।

विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा ‘अफगान परकम्पहरूः एशेजबाट एशेजसम्म ?’ हामी तालिबानेलाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं’, भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।

अफगानिस्तानमा तालिबानको सत्तारोहण गत अगष्ट मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय संकट निम्त्याएको छ । सेप्टेम्बरको शुरुमा तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू