शुक्रबार, वैशाख १४, २०८१
18:45 | २३:३०

हिंसा बढ्न थालेपछि २५ हजार लुहान्स्क बासिन्दा रूसको सीमा कटे

रासस–एएनआई फ्रेब्रवरी १९, २०२२

रसिया बेलारुस सैनिक अभ्यासका क्रममा रुसी मरिन दौड्दै । तस्बिर एपी

कीभ युक्रेन, ७ फागुन–डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५ हजार लुहान्स्क बासिन्दाले रूसको सीमा पार गरिसकेका छन् ।

आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं–घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।

‘करिब २५ हजार नागरिकहरूले सीमा पार गरेका छन्’, प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् ।

प्रवक्ताले अहिले करिब १० हजार शरणार्थी सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् ।

शक्तिशाली विस्फोट

रुस र युक्रेनबीच बढ्दो तनावबीच लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन “लिहान्स्कगास“ ले विज्ञप्तिमार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।

स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू