शनिबार, वैशाख १५, २०८१
00:41 | ०५:२६

रुसले युक्रेनबाट सेना फिर्ता गर्दै   

रासस-एएफपी फ्रेब्रवरी १८, २०२२

फोटो स्काई न्यूज

मस्को–रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।

‘पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो’, रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

यसैगरी यसले १० युद्ध विमानहरू मस्को-विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू