बुधबार, वैशाख १२, २०८१
00:47 | ०५:३२

बिहे समारोहमा गएका १४ जना इनारमा डुबे

रासस-एएफपी फ्रेब्रवरी १७, २०२२

नयां दिल्ली, ५ फागुन– उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल धान्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताए । गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन् । स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उनले ट्वीटमार्फत बताए ।

भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भइरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू