बिहीबार, वैशाख १३, २०८१
14:41 | १९:२६

ब्राजिलमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

रासस-एएफपी फ्रेब्रवरी १७, २०२२

तस्बिर सिन्हवा

पेट्रोपोलिस, ब्राजिल, ५ फागुन–ब्राजिलको पेट्रोपोलिस सहरमा आएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

विपद्बाट हुने जनधनको सङ्ख्या बढ्दै गएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका हुन् ।

“अहिलेसम्म १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूले २४ व्यक्तिलाई सकुशल उद्धार गरेका स्थानीय नगर प्रमुखको कार्यालयले बताएको छ ।

रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरको नगरप्रमुखको कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार आएको भीषण बर्षाका कारण सहरमा तीन घण्टामा २५८ मिलिमिटर पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।

बाढी तथा डुबानका कारण प्रभाबित सयौँ व्यक्तिलाई प्रायःजसो विद्यालयहरूमा आश्रय दिइएको कार्यालयले जनाएको छ ।

प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षाऋतुमा पानीको वर्षा बढाइरहेको विशेषज्ञहरूले बताएका छन् । उनीहरूले पेट्रोपोलिसको यो भयावह पनि यसै कारण भएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू