आइतबार, जेठ ६, २०८१
20:50 | ०१:३५

बलिउडका ‘डिस्को किङ’ बप्पी दाको निधन

रासस-एएनआई फ्रेब्रवरी १६, २०२२

मुम्बई । बलिउडका दिग्गज गायक–संगीतकार बप्पी लाहिरीको मंगलबार राति निधन भएको छ । प्रख्यात अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन् ।

मंगलबार राति ११:४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

बप्पी लाहिरीलाई ‘बप्पी दा’ भनेर चिनिन्थ्यो । उनी डिस्को संगीतको लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो ।

पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताएका छन् । ‘पश्चिम बंगालको जलपाईगुडीमा जन्मिएका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उनलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछन्’, उनले लेखेका छन्   

विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण निधन भएको बताइएको छ ।‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू