शुक्रबार, १९ जुन, २०२६
06:58 | ११:४३

तान्जानियामा दोस्रो पटक महिला सभामुख निर्वाचित

रासस-सिन्ह्वा फ्रेब्रवरी २, २०२२

दार एस सलाम– तान्जानियाको सभामुखमा ४५ वर्षीया महिला नेतृ निर्वाचित भएकी छन् ।

तत्कालिन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन् । उनी तान्जानियाको आठौं सभामुख भएकी छन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सबैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू