शनिबार, वैशाख ८, २०८१
01:16 | ०६:०१

पाकिस्तानमा महामारीयताकै बढी संक्रमित

रासस-सिन्ह्वा जनवरी २१, २०२२

इस्लामिक, ७ माघ–पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी पैmलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाकै कारणले २३ जनाको मृत्यु भएको पनि पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म कुल २९ हजार ६५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू