बिहीबार, वैशाख १३, २०८१
10:36 | १५:२१

ओमिक्रोन भेरियन्टलाई सामान्य नठान्न डब्ल्यूएचओको आग्रह

रासस/सिन्ह्वा जनवरी १९, २०२२

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयसस । तस्बिर- सिन्हवा

जेनेभा, ५ माघ–विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् ।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।

ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाव छ ।

गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढेको सम्मेलनमा बताए । संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मुल्यांकन गर्न आवश्यक रहेको उनले बताए ।

ओमिक्रोनका कारण गत हप्ताभित्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएको भन्दै उनले खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको बताए ।

ओमिक्रोन भेरिएन्ट फैलिएयता युरोप र एशियामा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू