बिहीबार, वैशाख २०, २०८१
23:10 | ०३:५५

संसारकै सबैभन्दा पाका व्यक्तिको ११२ वर्षमा निधन

रासस/एएफपी जनवरी १९, २०२२

न्यूयोर्क, ५ माघ–विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ ।

गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उनी विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए । उनको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।

फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो थिए । सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उनको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उनी एक सफल जुत्ता व्यवसायी बनेका थिए ।

७ छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीका अभिभावक उनी पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा थिए ।

गिनिज बुक्स अफ वल्र्डस रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुन् । सन् १८७५ फेब्रुअरीमा जन्मिएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू