मंगलबार, वैशाख ४, २०८१
07:04 | ११:४९

एनआरएनए जोगाउन अध्यक्ष पन्तलाई गौतमको आग्रह

नेपाली लिङ्क जनवरी १४, २०२२

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवशेन र निर्वाचन हुन नसक्दा संस्था बिघटनको संघारमा पुगेकोप्रति गैरआवासीय नेपाली अभियानकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

संघको महाधिवेशनको लागि प्रतिनिधि विवादको जिम्मा लिएका कुमार पन्तले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा संघको निर्वाचनबारे अन्योल कायम छ ।

यसैबीच गैरआवासीय नेपाली संघको विवाद समाधान गर्न सकृय मध्येका एक एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतमले अध्यक्ष पन्तलाई एक पत्र लेख्दै संघभित्र भएको पछिल्लो आम सहमतिका आधारमा निर्वाचन गर्न आग्रह गरेका छन् ।

उनले संघको आफ्नै बिधान अनुरुप वर्तमान कार्यसमितिको कार्यअवधि २ महिनाभित्र सकिने अवस्था, परराष्ट्र मन्त्रालय र पाटन उच्च अदालतले समेत निर्वाचनको लागि आवश्यक मार्गप्रसस्त गरि सके पछि कुनै पनि बहानामा निर्वाचन रोक्ने सुविधा गैरआवासीय नेपाली संघ नभएको बताए ।

गौतमले ६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

यसैबीच केन्द्रिय महाधिवेशन आयोजना गर्न र निर्वाचन सम्बन्धी प्रक्रियाका बिषयमा संघ भित्र उत्पन्न विवाद असमजदारीलाई अन्त गर्न अध्यक्ष कुमार पन्तद्धारा गठित विवाद समाधान समिती, उम्मेदवारहरु, संघ र सहजकर्ताका बीचमा गत साता भएको सहमति सार्वजनिक भएको थियो ।

तर पन्तले आफैद्वारा गठित समितिले दिएको प्रतिवेदनलाई समेत बेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू