शुक्रबार, वैशाख १४, २०८१
16:52 | २१:३७

घानामा मृत्यु भएका बोहराको शव डेढ महिनापछि सोमबार नेपाल पुग्दै  

नेपाली लिङ्क जनवरी ९, २०२२

घाना । ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो । मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो ।

उनको शव कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ । शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ । आकरा विमानस्थलमा बिरामी भएपछि उनलाई इमिरेट्स एयरलाइन्सले अलपत्र पारेर छाडेको थियो ।

एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो ।

तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र  शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष विकास सुवेदी, दिनेश पाण्डेय, कृष्ण निरौला लगायत पदाधिकारीहरुले समन्वय गरेका हुन् । त्यसैगरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए ।

उनको शव काठमाडौं पुगेपछि रुकुमसम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ । एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना, एनआरएनए अफ्रिका राहत कोष, एनआरएनए अफ्रिका स्वास्थ्य समिति, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसी लगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू