शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

बेलायतसहित ६७ मुलुकबाट नेपाल जाँदा ७ दिन होटेल क्वारेन्टिन अनिवार्य

नेपाली लिङ्क डिसेम्बर १७, २०२१

अपडेट: नेपाल जाँदा अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित 

लन्डन । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ को जोखिम बढेको भन्दै नेपाल सरकारले धेरै मुलुकबाट नेपाल भित्रिने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य बनाएको छ ।

शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गरी विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको जनाएको छ।

नयाँ नियमअनुसार बेलायत, अमेरिकासहित थुप्रै युरोपेली मुलुकलगायत ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

सात दिनको होटेल क्वारेन्टिन पूरा भएपछि कोरोना परीक्षण गराउंदा नेगेटिभ नतिजा आउनेहरुले आफ्नै घरमा गएर थप सात दिन क्वारेन्टिन बस्नुपर्नेछ । तर, नतिजा पोजेटिभ आउनेहरुलाई भने तोकिएका आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने जनाइएको छ ।

अध्यागमन विभागको सूचना:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू