शुक्रबार, चैत १६, २०८०
14:42 | २०:२७

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा ३४ को मृत्यु

रासस/एएफपी डिसेम्बर ७, २०२१

तस्बिर सिन्हवा

जाकार्ता २१ मङ्सिर– इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरु र ध्वस्त भएका सवारीसाधनहरुमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ताहरू खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मंगलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । उनले हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताए ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३:१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू