शनिबार, वैशाख १५, २०८१
03:57 | ०८:४२

रुसमा एकैदिन ३३ हजार संक्रमित

रासस-एएनआई डिसेम्बर ३, २०२१

मस्को । रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

योसँगै कुल संक्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् । नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै संक्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् । योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू