शुक्रबार, वैशाख ७, २०८१
21:22 | ०२:०७

एनआरएनए निर्वाचन २६ र २७ डिसेम्बरमा हुँदै

नेपाली लिङ्क नोभेम्बर ३०, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्वाचन तालिका प्रकाशित गरेको छ ।

संघको आसन्न निर्वाचनमा परराष्ट्र मन्त्रालयबाट भएको हस्तक्षेपविरुद्ध दायर गरिएको मुद्धामा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एनआरएनएलाई निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

गैरआवासीय नेपाली संघ, निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ ।

संघको नेतृत्वका लागि डा. बद्री केसी, रविना थापा र कुल आचार्य तीनजना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू