बिहीबार, वैशाख १३, २०८१
15:14 | १९:५९

एनआरएनए बचाउन संरक्षकहरुलाई कुलको आग्रह

नेपाली लिङ्क नोभेम्बर २९, २०२१

कुल आचार्य

लन्डन– गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएको भन्दै संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन् ।

आइतबार भर्चुएल माध्यमबाट आयोजित ‘खुला डबली’ कार्यक्रममा बोल्दै आचार्यले सबै एकै ठाउँमा बसेर रचनात्मक छलफल गर्न र सरकारसँग झगडा गर्ने कुरा आजैदेखि बन्द गर्न आग्रह गरे । जुनसुकै पार्टीको सरकार भए पनि सम्मान गर्नुपर्ने उनको विचार छ । कोही अदालत पुगेपनि सरकारसँग धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । ‘के गैर आवासीय नेपालीका समस्यालाई रद्दीको टोकरीमा हालेर अगाडि बढ्न खोजेको हो?’ उनले प्रश्न गरे ।

अहिलेका सबै स्टेकहोल्डरले मन्त्रालयसँग सिंगौरी खेल्दै होइनविधिविधान अनुसार दिएको निर्देशनलाई कार्यान्वयन गर्नु पर्छ । सकिन्छ मिलेर जाऔंनसके पारदर्शी ढंगबाट चुनाव लडेर अगाडि जाउँ । एकदिन सत्यको विजय हुन्छ । झुठको खेती नगरौं । संसारभरका नेपाली धेरै सक्षम भैसके । हामी सबै मिलेर संस्था बचाउनु पर्छ,’ अध्यक्षका प्रत्यासी आचार्यले थपे, ‘धेरै नाटकझुठा कुरा गर्ने बेला यो होइन । लामो समय काम गर्नुभएका संरक्षकज्यूहरुले उत्तरदायी भूमिका खेलिदिनुहोस् । सरकारले पनि  तपाईंहरुलाई विश्वास गरेको छ ।’

संसारभरिका नेपालीको टाउको बेच्ने काम भएको छ भने हामी खबरदारी गर्छौं । एउटा नेपालीले अर्कोलाई ठगेको छ भने त्यो सहनसक्ने विषय होइन,’ आचार्यले थपे । उनले संस्था नेपालीका दुःखसुखमा साथ दिननेपालसँग जोड्नका लागि बनाइएको तर कसैको व्यापारिक दृष्टिकोणले बनाइएको संस्था नभएको उनले स्पष्ट पारे ।

नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक

टिम कुल’ द्वारा आयोजित ‘खुला डबली विशेष’ मा बोल्दै सन् २०१९–२१ का उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक भएको बताए।  “जुन थालमा खाना खान्छौंत्यसैलाई लात हान्नु लाज लाग्ने कुरा हो”उनले भने । उनले एनआरएनए जुटेर हैनफुटेर जानु पर्ने पनि बताए ।

आइसीसीका उपाध्यक्ष मन केसीले संघका कुनै पनि निकायमा छलफल र निर्णय नगरी नेपाल सरकारविरुद्ध मुद्दा गर्ने काम मान्य नहुने बताए । ‘हामीलाई अन्धकारमा राखिएको छ । सरकार विरुद्ध मुद्दा हाल्ने कामले गलत नजीर बसालेको छ’-केसीले भने ।

यसै गरी २०२१–२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले गत जनवरीमा विशेष अधिवेशनको नाटक रचिएको र संस्था कब्जा गर्ने खेल जारी रहेको बताए।  उनले संस्थाका केही अगुवाहरुले एनआरएनएको नाममा व्यापार गरिरहेको बताउँदै त्यो हतियार उनीहरुले त्याग्न नचाहेको खुलासा गरे ।

गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता आएको भन्दै दुख व्यक्त गरे । संस्थापन पक्षले अभिभावकको भूमिका खेलेर प्रतिपक्षलाई बिश्वासमा लिएर अघि बढ्नु पर्नेमा आफै मुद्दामामिला गर्दै हिड्ने काम दुर्भाग्यपूर्ण रहेको र आफ्ना कमी कमजोरी लुकाउन अरुलाई दोष लगाउनु कामचलाउ अध्यक्ष कुमार पन्तको अक्षमता भएको भन्दै उनले खेद व्यक्त गरे ।

पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक डा. शेष घलेको नाम लिएर पटक पटक संस्थाको बेथितिको कारक उनी रहेको भन्दै दोष लगाएका थिए ।

युरोप संयोजक नारायण आचार्यले अदालत जाने बारे संस्थाभित्र कुनै पनि छलफल नभएको बताए । हालका सीइओ राजेश राणालाई जबर्जस्ती हटाउंदा संस्थालाई लाखौं घाटा लागेको भन्दै उनले यस पटक पनि सर्वसाधारण एनआरएनले तिरेको शुल्क खर्च गरेर मुद्दा मामिला नगर्न चेतावनी दिए । “यदि त्यसो गरियो भने आउंदै गरेको कमिटीले सम्बन्धित पदाधिकारीहरुबाट शोध भर्ना गराउनु पर्छ,” उनले भने ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितएनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीएनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरएनसीसी जर्मनीका पूर्व अध्यक्ष दिल गुरुङकानूनविद् डा. बलराम श्रेष्ठअधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ लगायतका वक्ताले संस्थाका पंजीकृत सदस्यहरुले तिरेको शुल्क खर्च गरेर नेपाल सरकारसंग मुद्दामामिला गर्ने काम स्वीकार्य हुन नसक्ने भन्दै विवादित विषयलाई संस्था भित्रै मिलाउन आह्वान गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू