आइतबार, जेठ ६, २०८१
18:18 | २३:०३

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रामा प्रतिबन्ध 

रासस-एएफपी नोभेम्बर २६, २०२१

बर्लिन । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूलाई असर गर्ने स्पानले बताए ।

यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू