शुक्रबार, वैशाख ७, २०८१
05:09 | ०९:५४

आप्रवासीहरु चढेको डुंगा डुब्दा ३१ को मृत्यु

रासस-सिन्ह्वा नोभेम्बर २५, २०२१

तस्विर इन्डिपेन्डेन्ट

पेरिस–उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका हुन् । उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ वटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू