शुक्रबार, वैशाख ७, २०८१
02:53 | ०७:३८

भारतमा थप नौ हजार नयाँ संक्रमित   

रासस-एएनआई नोभेम्बर २४, २०२१

तस्बिर एपी

नयाँ दिल्ली–भारतमा कोरोनाभाइरसबाट थप नौ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ संक्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना संक्रमित अवस्थामै छन् । यो संख्या ५३७ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतक सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । दैनिक नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कम हुंदै गएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू