सोमबार, जेठ ७, २०८१
20:35 | ०१:२०

स्वीडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित   

रासस-एएफपी नोभेम्बर २४, २०२१

स्टकहोम–स्वीडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । संसदले म्याग्डालेना अन्डेरसनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । निवर्तमान अर्थमन्त्री समेत रहेकी अन्डेरसन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् ।

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत विपक्षमा परेपछि म्याग्डालेना नयां प्रधानमन्त्री निर्वाचित भएकी छन् । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू