सोमबार, जेठ ७, २०८१
20:35 | ०१:२०

बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ को मृत्यु

रासस–सिन्ह्वा नोभेम्बर २३, २०२१

तस्बिर एएफपी

सोफिया, मङ्सिर ७–पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ ।

मृत्यु हुनेमा १२ बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नी सुरक्षा विभागका प्रमुखले बताएका छन् । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको छ ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन् ।

इस्तानबुलबाट उत्तरी म्यासेडोनिया गइरहेको उक्त बस अस्थायी ब्यारियरमा ठोक्किएपछि आगो लागेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू