सोमबार, जेठ ७, २०८१
20:01 | ००:४६

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता

रासस-एएफपी नोभेम्बर २३, २०२१

लिबियाली प्रधानमन्त्री अब्दुलहामिद दबेबा राष्ट्रपतिमा लड्ने घोषणा गर्दै त्रिपोलीमा । तस्बिर सिन्ह्वा

त्रिपोली । लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा भने, ‘उम्मेदवार दर्ता मञ्चले शर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको छ ।’

सबैभन्दा बढी चर्चामा रहेका आकाङ्क्षीहरूमध्ये तत्कालिन शासक मोहमर कद्दाफीका छोरासेइफ अल–इस्लाम काद्दाफी र देशको पूर्व र दक्षिणका केही भागहरूको नियन्त्रणमा रहेको लिबियाली राष्ट्रिय सेनाका नेता खलीफा हफ्तार रहेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अन्य आकाङ्क्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बाशाघा पनि रहेको बताइएको छ । उम्मेदवारका रूपमा नेशनल मुभमेन्ट पार्टीका अध्यक्ष तथा संस्थापक ४६ वर्षीया लीला बेन खलीफा र सामाजिक विज्ञानका अनुसन्धानकर्ता हुनादा अल–महदी दुई जना महिला मात्र अघि बढेका छन् । 

संयुक्त राष्ट्रसंघले सन् २०११ मा नेटोको सहयोगमा भएको विद्रोहमा पतन भएर काद्दाफीको हत्या भएदेखि तेल सम्पन्न राष्ट्रलाई प्रभावित बनाएको एक दशकको हिंसाको अन्त्य गर्ने प्रयास गर्दा यो सर्वेक्षण आएको हो । अन्तिम उम्मेदवारको सूची १२ दिनभित्र प्रकाशित हुने बताइएको छ । एकपटक प्रमाणित र अपिल पूरा भएपछि आवेदन पेश गर्ने समय सीमा सकिएको सोहले बताएका छन् ।

आयोगले उम्मेदवारलाई निर्वाचन कानुन पालन गर्ने सुनिश्चित गर्न महाअभियोग, पासपोर्ट र राष्ट्रियता विभाग र जनरल इन्टेलिजेन्सलाई कागजात दिन बताइएको छ । लिबियाका ७० लाखमध्ये २८ लाखभन्दा बढी मानिसहरूले मतदानको लागि आफ्नो नाम दर्ता गरेका छन् भने अहिलेसम्म १७ लाखभन्दा बढी मतदाताले आफ्नो मतदाता परिचय पत्र पाएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू