सोमबार, जेठ ७, २०८१
02:50 | ०७:३५

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमाः पुटिन

रासस– सिन्ह्वा नोभेम्बर १९, २०२१

रुसी राष्ट्रपति पुटिन । तस्बिर एपी

मस्को, मङ्सिर ३– रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।

दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने– ‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।’

उनले २१ औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले ‘खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको’ समेत टिप्पणी गरेका छन् । ‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं’, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू