सोमबार, जेठ ७, २०८१
00:28 | ०५:१३

अमेरिकामा कोरोनाका कारण एक लाख ४० हजार बालबालिका अभिभावकविहीन

रासस-सिन्ह्वा नोभेम्बर १६, २०२१

न्युयोर्क, ३० कात्तिक– कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् ।

‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दीर्घकालिन असर परेको उल्लेख छ ।

सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावकविहीन हुनु परेको देखिएको छ । अभिभावकविहीन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।

अभिभावक गुमाएका बालबालिकामध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, संक्रमित भएका र अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै छ ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू