सोमबार, जेठ ७, २०८१
01:53 | ०६:३८

बेलारुसमा फसेका आप्रवासीबारे विश्व स्वास्थ्य संगठन चिन्तित

रासस/एएफपी नोभेम्बर १२, २०२१

कोपेनहेगन, २६ कात्तिक– विश्व स्वास्थ्य संगठनले युरोपेली संघसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेको छ ।

हामी “सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ,” संगठन युरोपका निर्देशक हान्स क्लुगेले आग्रह गरेका छन् ।

उनले भने, “म जाडो नजिकिँदै पोल्याण्ड, लाटभिया र लिथुआनियासँगको बेलारुसको सिमानामा र दशगजामा फसेका हजारौँ कमजोर मानिसहरूको बारेमा धेरै चिन्तित छु ।”

सयौँ आप्रवासीहरू मुख्यतया कुर्दहरू, बेलारूसी–पोलिश सिमाना नजिकै चिसो मौसममा केही दिनदेखि अड्किएका छन् । यस क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू