सोमबार, जेठ ७, २०८१
00:28 | ०५:१३

‘कोप २७’ अर्को वर्ष इजिप्टमा 

कोप २८ सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा

रासस-एएनआई नोभेम्बर १२, २०२१

ग्लास्गो, २६ कात्तिक– जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ ।

ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् ।

कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धतामा ८० भन्दा बढी देशले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी अमेरिका र चीनले पनि कार्वन उत्सर्जन न्यूनीकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू