आइतबार, २१ जुन, २०२६
17:43 | २२:२८

लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर  

रासस-एएनआई नोभेम्बर ११, २०२१

इस्लामाबाद–अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्यांक अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ ।

पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा छ ।
गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ ।

यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू