बिहीबार, वैशाख २७, २०८१
19:58 | ००:४३

चीनमा दुई अर्ब ३३ करोड ८० लाख डोज खोप वितरण   

रासस-सिन्ह्वा नोभेम्बर ९, २०२१

बेइजिङ । चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ ले मङ्गलबार जानकारी दिएको छ । चीन विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको संक्रमणका कारण मृत्यु भएको छ ।

यद्यपि २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू