बिहीबार, वैशाख २७, २०८१
02:20 | ०७:०५

पोर्चुगलका राष्ट्रपतिले गरे संसद विघटन, जनवरीमा निर्वाचन

रासस-सिन्ह्वा नोभेम्बर ५, २०२१

फोटो द इन्डिपेन्डेन्ट

लिस्बोन, १९ कात्तिक– पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् ।

उनले विहिवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।

देशमा उत्पन्न राजनीतिक संकट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

सोसियलिष्ट पार्टी (पिएस) को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसद् अस्वीकृत भएपछि पोर्चुगलको राजनीतिक संकट नयाँ मोडमा पुगेको हो ।

पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्वीकृत भएको अधिकारीले जनाएका छन् ।

संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए ।

वर्तमान राजनीतिक संकट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू