बुधबार, वैशाख २६, २०८१
06:54 | ११:३९

पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर  

रासस-सिन्ह्वा नोभेम्बर ५, २०२१

मस्को, कार्तिक १९– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गरेको क्रेमलिनले बिहीबार जनाएको छ ।

सन् २०२१–२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको छ ।

सो अवसरमा राष्ट्रपति पुटिनले ‘यी कागजातले समन्वितरूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्ने’ बताएका छन् ।

त्यसैगरी उनले यस कार्यक्रमबाट ऋण र वित्तीय एवं बैंकिंग क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृतरूपमा तेलको व्यवस्थापन मिलाउनका लागि नियमहरू तयार पार्न र ग्यास र बिजुली बजार एवं यातायात सेवाहरूको व्यवस्थापन गर्न सहज हुने बताए ।

यी क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रूस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना गर्ने राष्ट्रपति पुटिनको भनाइ छ । त्यसैगरी लुकाशेन्कोले यसलाई ‘संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम’ भएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू