बुधबार, वैशाख २६, २०८१
18:22 | २३:०७

रुसमा दैनिक संक्रमित ४० हजार बढी

रासस/सिन्ह्वा नोभेम्बर ४, २०२१

तस्बिर एपी

मस्को, १७ कात्तिक–रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या अत्यधिक देखिएको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिए ।

त्यसैगरी कोरोनाका कारण देशभर अहिलेसम्म मृत्यु भएकाको कुल संख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन् । तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो ।

रूसमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ छ । यो सङ्ख्या पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो ।

रुसमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ छ । नयाँ थपिएका संक्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू