बिहीबार, वैशाख १३, २०८१
07:59 | १२:४४

टर्कीको राजदूत फिर्ता पठाउने निर्णयप्रति विरोध  

रासस-सिन्ह्वा अक्टोबर २५, २०२१

अंकारा ।  विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी टर्कीले गरेको निर्णयको विरोध भएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गरेका थिए । यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन् ।

राष्ट्रपति एर्दोगानको शुक्रबारको आदेशपछि टर्कीले ती देशका राजदूतलाई आफ्नो देशले अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्नेछ । यहाँको सरकारले राज्यद्रोहको आरोपमा चार वर्षदेखि थुनामा राखका एकजना अभियन्ता ओजमुन कुभालालाई ती देशका राजदूतहरुले एक वक्तव्य प्रकाशन गरेर रिहा गर्न आग्रह गरेका थिए ।

राजदूतहरूको यस्तो वक्तव्यको टर्कीस् सरकारले विरोध गरेको थियो । उक्त वक्तव्यपछि नै उक्त कदम चालिएको हो । यो अवस्था भनेको राजदूतहरूको कूटनीतिक हैसियतलाई खारेज गर्नुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो ।

अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतहरुले कुभालाको रिहाइका लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू