सोमबार, जेठ ७, २०८१
05:37 | १०:२२

ड्रोन आक्रमणमा अल कायदा नेता मारिएको अमेरिकी दाबी 

रासस-एपी अक्टोबर २३, २०२१

वासिङ्टन–अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल–मातार ड्रोन हमलामा मारिएको बताएका छन्।

रिग्सबीले भने- ‘अल–मतरको हत्याले अल–कायदाको “अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुरयाउने छ ।’

उनले अगाडि भनेका छन्, ‘अल कायदाले “सिरियाको हवाला दिदै सिरिया, इराक र अन्य क्षेत्रमा पनि धम्की को लागि एक आधारको रूपमा प्रस्तुत गर्ने गर्दछ ।’

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो । अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू