सोमबार, जेठ ७, २०८१
07:41 | १२:२६

नाइजेरियामा ३० बालबालिका अपहरित  

रासस-सिन्ह्वा अक्टोबर २२, २०२१

अबुजा– नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।

यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए । यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ ।

यद्यपि सो समूहले भने जिम्मेवारी लिएको छैन । यहाँ यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले यी ३० जना पनि सोही समूहले लगेको प्रहरीले अनुमान गरेको छ ।

उक्त विद्रोही समूहले विद्यालयबाट नै जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य सुरु गरेको जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू